arrow

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

logo
एएनआई,
प्रकाशित २०७७ माघ २६ सोमबार
israel-PM-benjamin-netanyahu.jpg

इजरायल । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।

अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरुसँग भने, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”

उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उन १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ