arrow

चीन विश्वका सबैभन्दा खतरनाक खानी भएको मुलुक : अध्ययन

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २६ सोमबार
baglung-khani-mines.jpg

ब्रसेल्स। चीन विश्वको सबैभन्दा ठुलो कोइला उत्पादनकर्ता मात्र होइन, विश्वको खतरनाक खानीहरू भएको मुलुक पनि हो। चीनले वार्षिक ठुलो परिमाणमा कोइला बिक्री गरे पनि वार्षिक दर्जनौँ मानिसहरूले ती खानीहरूमा ज्यान गुमाउनु समेत परेको तथ्य सार्वजनिक भएको छ।

पत्रकार मार्टिन बैङ्कले ईयू रिपोर्टरमा लेखेका छन्, "चीनको कोइला खानीका मालिकहरूका लागि मजदुरहरूको सुरक्षा र मानवअधिकारको कुनै महत्त्व छैन जस्तो देखिन्छ।"

चीनको ठुलो रोजगारी भएको क्षेत्र खानी बनेको छ। चीनमा अवैध रुपमा खुलेका खानीहरूमा जबरजस्ती श्रमसमेत गराइन्छ। उनले लेखेका छन्, "धेरै चिनियाँहरूले अवैध कोइला खानीमा काम गर्ने गरेका छन्। उनीहरूले आफ्नो ज्यान जोखिममा पारेर काम गरे पनि उनीहरूको कामको मूल्याङ्कन भने हुने गरेको छैन।"

"उनीहरूलाई शोषणको सिकार बनाइन्छ। खास गरी मध्यस्थकर्ता व्यावसायिकहरूबाट उनीहरू पीडित हुने गरेका छन्। उनीहरूले मजदुरहरूलाई अवैध कोइला खानीमा रोजगारी लगाउने र कमिसन आफू खाने गरेकोसमेत विभिन्न अध्ययनहरूले देखाएको छ," उनले लेखेका छन्।

"चीनको दुर्गम क्षेत्रहरूमा प्रान्तीय अधिकारीहरूलाई घूस दिएर अवैध रूपमा खानी सञ्चालन भइरहेका छन्। यस्ता अवैध खानीहरूमा अत्यधिक विस्फोटका घटना र खानी भासिने तथा प्राकृतिक प्रकोपका कारण मानिसहरूको मृत्यु हुनेको गरेको छ।

प्रतिवेदनका अनुसार मजदुरहरूलाई क्षतिपूर्ति भुक्तान गरिएको छैन र परिवारहरूलाई दुर्घटनाको बारेमा सूचना पनि दिइएको छैन। मजदुरहरूको सुरक्षाका लागि न चिनियाँ कम्युनिस्ट पार्टी न त प्रान्तीय सरकार कुनै पनि क्षेत्रले पहल गरेका छैनन्। घटनाहरू जति बढे पनि सरकारी सञ्‍चार माध्यमहरुले ढाकछोप गर्ने गरेका छन्।



नयाँ