arrow

उत्तराखण्डमा हिमताल विस्फोटमा २६ को मृत्यु, १९७ बेपत्ता

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
uttarakhanda-uddar.jpg

काठमाडौं । भारतको उत्तराखण्डमा गएको हिम पहिरोमा परेकामध्ये २६ जनाको शव फेला परेको छ । आइतबार बिहान आएको हिम पहिरोमा परी अझै १९७ जना बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । हिम पहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुलहरू, सडकहरू र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

चमोलीमा भएको उक्त घटनाको दोस्रो दिन सोमबार उद्धारमा जोड दिइएको भए पनि ऋषिगंगा र धौलीगंगा नदीमा छाल आउँदा उद्धारमा समस्या भएको बताइएको छ । 

पानीसँगै ठूला ठूला ढुङ्गाहरु समेत बगिरहेकाले थप समस्याभएको उद्दार अधिकारीहरुले बताएका छन् । उद्धार टोलीले तपोवन क्षेत्रबाट २६ जनाको शव तथा पाँच मानव अंग निकालेको छ । 

त्यहाा २ सुरक्षाकर्मीसहित १७१ जना बेपत्ता भएको बताइएको छ । जसमा सुरुङमा फसेका ३५ जना पनि सरीक रहेका छन् । उत्तराखण्ड प्रहरीले १९७ मानिस अझै बेपत्ता भएको जनाएको छ । 

बेपत्ता भएकामा तपोवन ऋत्विक कम्पनीका १२१, ऋषिगंगा कम्पनीका ४६ तथा ओम मेटलका २१ जना रहेको बताइएको छ । सम्पर्क टुटेका गाउँहरुमा स्थानीयका लागि खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ