arrow

साउदीमा फेरि बढे कोरोना संक्रमित, भीड हुने ठाउँमा एक महिने प्रतिबन्ध 

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ माघ २७ मंगलबार
saudi-arabia.jpeg

साउदी अरेबिया । कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढिरहेकै बेला पुनः चेतावनी दिएको छ । विगत केही दिनदेखि साउदी अरेबियामा पनि कोरोना संक्रमित थपिँदै गएका छन् । 

केहीदिन देखि साउदी अरेबियामा कोरोना संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दै गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा सोमबार साढे ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि सोमबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या २ सय ९८ जना रहेको छ । कोरोना संक्रमणले गर्दा साउदी अरेबियामा सोमबार चार जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार साउदी अरेबियामा नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा १ सय ६४, पूर्वी क्षेत्रमा ८०, पबित्र शहर मक्का ४७, अलबहा १८ जना तथा अन्य शहरमा गरी ३ सय ५६ जना कोरोना संक्रमितहरु भेटिएका हुन् । 

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुने संख्या ३ लाख ७० हजार ६ सय ३४ जना रहेका छन जबकी हालसम्म उपचारपछि निको भई घर फर्किनेको जम्म संख्या ३ लाख ६१ हजार ८ सय १३ जना पुगेका छन् । 

कोरोना भाइरस अर्थात् कोभिड १९ ले गर्दा साउदी अरेबियामा हालसम्म ६ हजार ४ सय ६ जनाको मृत्यु भइसकेको छ । साउदी अरेबियामा हाल २ हजार ४ सय १५ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने ४ सय १ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोभिड १९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा ल्याउनका लागि ४ फेब्रुअरी २०२१ राति १० बजेदेखि लागू हुनेगरी ३० दिनका लागि होटल, पार्टीप्यालेस, व्यागंक्वेट, रेस्टुरेन्ट र यस्तै किसिमका भिडभाड हुने स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाउनुको साथ साथै केही दिनअघि नै २० वटा देशको अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरेबियामा हुने आवागमन स्थगन गरेको छ ।



लोकप्रिय समाचार
नयाँ