arrow

उद्योग वाणिज्य महासङ्घको बैङ्क तथा वित्तीय समिति विस्तार

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
fncci-building-teku.gif

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले शाहिल अग्रवालको सभापतित्वमा गठित बैङ्क, वित्तीय तथा बिमा समिति विस्तार गरेको छ । समितिका सह-सभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता रहेका छन् । 
 
कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी छन् । त्यसै गरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासङ्घको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन् । 
 
समिति विस्तार कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैङ्क, वित्तीय तथा बिमा समिति महासङ्घको अत्यन्त महत्त्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए । उनले बैङ्क तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने छ भने । अध्यक्ष गोल्छाले महासङ्घले छिट्टै नै बैंकिङ, कर राजश्व, श्रमलगायतका समस्यालाई सम्बोधन गर्न महासङ्घभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए ।
 
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच विगतमा तनावको अवस्था आउने गरेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए । महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले साना ठुला सबै प्रकारका उद्योग व्यवसायलाई अध्ययन गरी समितिले सुझाव तयार गर्नु पर्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ