arrow

ट्रम्पलाई महाअभियोग लगाउन सिनेटले दियो स्वीकृति

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको माथिल्लो सदन सिनेटले महाअभियोगको सुनुवाई अघि बढाउन स्वीकृति दिएको छ । सिनेटमा भएको मतदानमा सुनुवाई अघि बढाउने पक्षमा ५६ तथा विपक्षमा ४४ मत परेको हो । 

उक्त मतदानमा ६ जना ट्रम्पको पार्टीका रिपब्लिकन सांसदहरुले ट्रम्पको विपक्षमा मत दिएका छन् । ट्रम्पले पद छाडिसकेको अवस्थामा सुनुवाईको आवश्यकता नभएको तर्क ट्रम्पका वकिलले गरे पनि सिनेटले भने महाअभियोगलाई अघि बढाउन स्वीकृति दिएको हो । 

सिनेटले महाअभियोग प्रक्रियालाई संवैधानिक भनेसँगै अब पूर्ण इजलास शुरु हुने एपीले जनाएको छ । ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति हुनका लागि साम, दाम, दण्ड, भेद गरी सबै प्रक्रिया अपनाउन खोजे पनि पराजित हुन पुगे । 

उनले पराजित हुँदासमेत हार स्वीकार गरेनन् । अमेरिकी संसदले राष्ट्रपतिको विजेता घोषणा गर्ने दिन गत जनवरी ६ तारिखमा उनले उक्साएकै भरमा उनका समर्थकले अमेरिकी संसद्‌ भवनमाथि आक्रमण गरेका थिए । 

उक्त घटनामा एक सुरक्षाकर्मीसहित ५ जनाको ज्यान गएको थियो । यो घटनाको विश्वभरमै आलोचना भएको थियो । 

त्यसपछि डेमोक्रेट पार्टीले महाअभियोग लगाउने जनाएको थियो । यता ट्रम्पले भने महाअभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
नयाँ