arrow

बेइजिङका नगरलाई कोरोनाको दुई समूहमा विभाजन

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ २८ बुधबार
china-corona-wuhan.jpg

बेइजिङ । चीन सरकारका स्वास्थ्य अधिकारीहरूले यहाँको राजधानी सहर बेइजिङका कतिपय नगरहरूलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त
नगरहरूका रूपमा विभाजन गरिएको जनाएका छन् ।

सो कुराको जानकारी बेइजिङका अधिकारीहरूले मङ्गलवार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ ।  

मङ्गलवार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रूपमा राखिएकोमा मङ्गलवार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रूपमा राखिएको छ ।

मानिसका ठुलो बस्ती रहेका यहाँका अरू नगरहरू भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रूपमा लिइएको छ ।

यहाँका अधिकारीहरूले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।

यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइजर गर्ने र नागरिकहरूलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ