arrow

'उइगर मुस्लिमहरु यहूदीहरुको नरसंहारको त्रासदी सम्झन्छन्'

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २८ बुधबार
uyghur-muslim-china.jpg

वाशिङ्टन । संयुक्त राष्ट्र संघको महासभाले जनवरी २७ मा अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवस मनायो । सन् १९४१ देखि सन् १९४५ सम्म चलेको दोस्रो विश्‍व युद्धको समयमा नाजीहरुद्वारा ६० लाख यहूदीहरुको नरसंहार गरिएको थियो । उक्त नरसंहारमा राजनीतिक कैदीहरू, समलिंगी, रोमामात्रै मारिएनन्, यहोवाका साक्षीहरू र शारीरिक र बौद्धिक अशक्तता भएका व्यक्तिहरुसमेत मारिए । 

नरसंहारमा मारिएकाहरुको सम्झनामा राष्ट्र संघले हरेक वर्ष होलोकास्ट स्मृति दिवस मनाउने गरेको छ । उक्त मिति पोल्याण्डको ओस्वीसिम सहर नजिकै तीन शिविरहरू अवस्थित औशविट्ज(बिरकेनाउको मुक्ति वर्षगाँठसँग मिल्दोजुल्दो छ । जहाँ ११ लाख जबरजस्ती श्रममा लगाइएका मजदुरहरुलाई ग्यास च्याम्बरमा राखेर मारिएको थियो । 

लगभग दस लाख यहूदीहरू शिविरमा मारिएको जेरुशलम पोस्टले रिपोर्ट गरेको थियो । निर्वासनमा रहेका पूर्व तुर्कमेस्तान सरकारका प्रधानमन्त्री सालीह हुदायरले भने, 'पूर्वी तुर्कमेनिस्तान र त्यहाँका जनताका लागि हामी हाम्रा यहूदी भाइबहिनीहरूसँग प्रलय स्मृति दिवसको सम्मानमा एकरुपतामा शोक व्यक्त गर्दछौं ।'

अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पिओले सत्ता छोड्नुभन्दा एक दिनअघि उनले चीनले पनि सिन्जियाङमा नरसंहार गरिरहेको बताएका थिए । अमेरिकाले चिनियाँ सरकारले यसको पश्चिमी क्षेत्रमा पूर्वी तुर्किस्तान जसको नाम सिन्जियांग राखिएको छ, त्यहाँका उइगरहरु र अन्य मुस्लिम जातीय अल्पसंख्यकहरूको व्यापक स्तरमा दमनको माध्यमले मानवजाति विरुद्ध नरसंहार र अपराध गरिरहेको बताएको छ । 

चिनियाँ अधिकारीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर यातना दिने, बाझोपन गराउने र महिलाहरुलाई बलात्कार गर्ने गतिविधि गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयले यस्तो अत्याचार भइरहेको भन्दै चर्को विरोध गरेको थियो । 

बाइडेन प्रशासनले पनि सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाएको छ । क्यानडा र बेलायतले पनि अमेरिकाकै बाटो पछ्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ