arrow

भारतको खोप उत्पादन क्षमताको राष्ट्रसंघीय महासचिवले गरे प्रशंसा

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
antonio_guterres-us-general-secretary.jpg

न्यूयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले भारतको कोभिड–१९ खोप उत्पादन क्षमताको प्रशंसा गर्दै विश्वका लागि महत्वपूर्ण सम्पति भएको बताएका छन् । कोभिड–१९ को खोप उत्पादनहरुको बारेमा पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रसंघीय महासचिव गुटर्सले भारतको खोप उत्पादन क्षमता महत्वपूर्ण सम्पति र प्रशंसनीय उपलब्धी भएको बताएका हुन्। भारतले ठूलो मात्रामा खोप उत्पादन गर्नु विश्वका लागि नै महत्वपूर्ण सम्पति भएको गुटर्सले बताए । 

कोभिड–१९ बिरुद्धको लडाई सफल बनाउने लक्ष्यमा विश्व एक रहेको बेला भारतसँग खोप उत्पादनका लागि महत्वपूर्ण सामाग्रीहरु छन् भन्नेबारे संयुक्त राष्ट्रसंघ आशावादी रहेको गुटर्सको भनाई छ। विश्वका सबै देशहरुमा खोप उपलब्ध गराउने लक्ष्यमा आफुहरुले काम गरिरहेको महासचिव गुटर्सले बताए । 
खोप उत्पादन गर्न चाहने विश्वका विभिन्न कम्पनीलाई लाइसेन्स उपलब्ध हुनुपर्नेमा उनको जोड थियो। 

हालसम्म भारतले ५५ लाख डोज खोपहरु छिमेकी मुलुकहरुलाई वितरण गरिसकेको छ । गत जनवरी २० यता भारतले नेपालमा १० लाख, बंगलादेशमा २० लाख, म्यानमारमा १५ लाख, श्रीलंकामा ५ लाख, भुटानमा १ लाख ५० हजार, माल्दिभ्स, मरिसस, बहराइनमा १(१ लाख डोज खोप वितरण गरिसकेको छ । त्यस्तै, अब अफ्रिकामा १ करोड र संयुक्त राष्ट्र संघका स्वास्थ्य कर्मचारीहरुलाई १० लाख डोज खोप वितरण गर्ने भारतको योजना रहेको भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ