arrow

साउदी महिलालाई गाडी चलाउन दिनुपर्छ भन्दा जेल परेकी अधिकारकर्मी छुटिन् हजार दिनपछि 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
loujain-al-hathloul-saudi-a.jpg

काठमाडौं । साउदी अरेबियाकी एक चर्चित महिला अधिकारकर्मी लौजाइन अल–हाथलोउल एक हजार एक दिनपछि जेलमुक्त भएकी छिन् । उनी जेलमुक्त भएर बुधबार आफ्नो घरमा पुगेको द गार्जियनले लेखेको छ । 

३१ वर्षीया लौजाइन जेलमा रहँदा राम्रो आचरण देखाएको भन्दै कैद सजाय बाँकी हुँदै उनलाई रिहाइ गरिएको बताइएको छ। उनलाई पाँच वर्षसम्म साउदी बाहिर जान प्रतिबन्ध लगाइको छ। 

उनी साउदी महिलालाई गाडी चलाउने अधिकार दिनुपर्छ भनेर अभियान चलाउने  नेतृत्वकर्ता हुन् । उनले साउदीमा हरेक महिलाका साथमा महत्वपूर्ण निर्णय गर्न पुरूष अभिभावक चाहिने चलनको विरोधमा पनि अभियान चलाएकी थिइन् । 

लौजाइन पक्राउ परेदेखि नै  राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उनको रिहाइका लागि अभियान चलेपछि रिहा हुन भने एक हजार एक दिन लागेको हो । 

उनकी बहिनी लिनाले  ३ वर्षअघि पक्राउ परेकी लौजाइनको तस्बिर सामाजिक संजाल ट्वीटरबाट सार्वजनिक गर्दै उनी घरमा रहेको जानकारी दिएकी हुन् ।
 



लोकप्रिय समाचार
नयाँ