arrow

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ २९ बिहिबार
siriya2.jpg

लस्कर गह । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।

सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ ।

सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर-ए-सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ ।

तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ