arrow

विज्ञहरूको चेतावनी - 'कोरोनाको नयाँ स्वरूप नै विश्वव्यापीकरण प्रमुख भाइरस बन्न सक्छ'

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
corona_vairous.jpg

काठमाडौँ । सुरुमा बेलायतमा देखिएको र अहिले विश्वका ५० भन्दा बढी मुलुकमा फैलिसकेको नयाँ स्वरूपको कोरोना भाइरस नै विश्वभर प्रमुख रूपमा फैलिन सक्ने विज्ञहरूको चेतावनी छ ।

बेलायतको कोभिड १९ जिनोमिक्स कन्सोर्टियमका निर्देशक प्रोफेसर शेरोन पिककले भनेका नयाँ स्वरूपको भाइरस नै प्रमुख रूपमा फैलिन सक्ने बताएका हुन् । उनले भनेका छन्, 'नयाँ स्वरूप देशभर फैलिसक्यो र विश्वभर फैलिन सक्छ।'

भविष्यमा कोरोना भाइरसको नयाँ स्वरूपले खोपको प्रभावकारितामा समेत असर पार्न सक्ने उनले बताएका छन् ।

बेलायतमा सन् २०२० को अप्रिलमा कोरोना भाइरसको सिक्वैन्स र जिनको अध्ययनका लागि प्रोफेसर पिकककाे नेतृत्वमा विज्ञहरूको टोली गठन भएको थियो । यो टोलीले अहिलेसम्म २ लाख ५० नमुना सङ्कलन गरेको छ ।

बेलायतमा देखिएको सुरुको नयाँ स्वरूपको भाइरस पनि यसरी नै नमुना संकलको अध्ययनपछि थाहा भएको थियो । जुन स्वरूपलाई बी१.१.७ नाम दिइएको छ ।

नयाँ स्वरूपको भाइरस बढी सङ्क्रामक देखिएको छ । यसो हुँदा बढी मान्छे सङ्क्रमित हुने र बढी अस्पताल भर्ना हुने स्थिति आउँछ । बढी मानिस बिरामी हुँदा ज्यान गुमाउँनेको सङ्ख्या पनि बढ्ने चिन्ता विज्ञहरूको छ ।

अहिलेसम्म विश्वभर १० करोड ७९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ, भने २३ लाख ६६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यस्तोमा नयाँ स्वरूपको भाइरस विश्वभर अझै तीव्र रूपमा फैलिने र यसले झनै धेरै जोखिम बढाउने विज्ञहरूको चेतावनी छ ।



लोकप्रिय समाचार
नयाँ