arrow

भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा 

'भागीरथी प्रधानमन्त्री ओलीकी छोरी चेली भएको भए के हुन्थ्यो ?'

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
Bhagirathi-jajarkot.jpg

जाजरकोट। बैतडीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएकी भागिरथी भट्टलाई न्याय दिन माग गर्दै जाजरकोटमा विशाल प्रदर्शन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीमा १७ बर्षीया किशोरी भट्टको माघ २१ बलात्कारपछि बीभत्स हत्या भएको अवस्थामा शव भेटिएको थियो । 

भागिरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै बिहीबार जाजरकोटमा विशाल प्रदर्शन गरिएको छ । परिवर्तनका लागि युवा अभियान जाजरकोटको नेतृत्वमा जिल्ला भित्र रहेका युवा, विद्यार्थी, र विभिन्न सरोकारवालाहरुको उपस्थितिमा उक्त विशाल प्रदर्शन गरेको हो ।  

हत्यारालाई कारबाही गर, भागीरथीको बलात्कारीलाई फाँसी दे, नारीको स्वतन्त्रतालाई रक्षा गर, बलात्कारी बचाउने जोकोही मुर्दावाद, जस्ता सरकारका विरुद्ध नारा लगाएका थिए । 

त्रिभुवन मावि खलंगा, शान्ति ज्ञानकुन्ज आवि, नोवेलिस्ट बोर्डिंग स्कुल, कस्तुरी सहकारी र्बोर्डिंग स्कुल, गोल्डेन वोर्डिंग स्कुलका बिद्यार्थीहरु, विभिन्न सरोकारवालाहरूले जाजरकोट सदरमुकाम खलंगामा बृहत् प्रदर्शन गरी ठाँटी बजारमा विरोध सभा गरेका छन् ।  

बलात्कारीलाई बचाउ गरिरहेको सरकारले कहिले पीडितहरूलाई न्याय दिने ? भन्दै युवा अभियन्ता, विद्यार्थीहरुले प्रश्न खडा गरेका थिए । यस्तै त्रिभुवन माविकी छात्रा शर्मिला रोकायले भन्छिन्, “कलिला मुनाहरूको बलात्कारीलाई बचाउने सरकार भयो, भागिरथीको जस्ता यो देशका बालिका, किशोरीहरूको दिनौ दिन बलात्कारपछि हत्या भएको छ । तर कारबाही भने बर्षौै सम्म पनि हुँदैन  । बलात्कारी खुलेआम रूपमा हिँडेको हुन्छ । पीडितहरू न्यायको लागि गल्ली गल्लीमा भौँतारिएका छन् । न्याय कहिले ?” 

यस्तै युवा अभियन्ता अनिशकुमार कार्कीले भने, “ भागिरथी प्रधानमन्त्री ओलीकी छोरी चेली भएको भए के हुन्थ्यो ? राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी उषाकिरणमाथि  भागिरथी जस्तै बलात्कार भई हत्या भएको भए के हुन्थ्यो ? हत्यारा खुलेआम रूपमा चहल पहल गर्थ्यो ?” भन्दै आक्रामक भएका थिए । भागिरथीको हत्यारालाई पत्ता लगाई कारबाहीको दायरामा ल्याउन विभिन्न सरोकारवालाहरूले माग समेत गरेका थिए । 

भागिरथीको हत्याको विरोधमा देशभर विरोध प्रदर्शन चर्किएको छ  । यस्तै काठमाडौं पोखरा लगायतका शहरमा पनि दैनिक प्रदर्शन भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ