arrow

चीनले बीबीसी समाचार प्रसारणमा लगायो रोक

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
bbc-news.jpg

काठमाडौँ । बेलायतसँगको कूटनीतिक विवादका बेला चीनले बीबीसी विश्व समाचार च्यानल प्रसारणमा रोक लगाएको छ । राष्ट्रिय रेडियो एवं टेलिभिजन प्रशासनले बिहीबार प्रसारणमा रोक लगाएको हो ।

कोरोना भाइरसको महामारी, सिन्जियांगमा भएको मानवअधिकार हनन्लगायतका विषयमा गरेको बीबीसीको रिपोर्टिङले कानुन उल्लङ्घन गरेको आरोप चिनियाँ अधिकारीहरूले लगाएका छन् । यसअघि नै पनि चीनले बीबीसी समाचार सीमित अवधिका लागि मात्रै प्रसारण गर्दै आएको थियो ।

चिनियाँ अधिकारीहरूको यो कदमले निराश भएको भन्दै बीबीसीले एक विज्ञप्ति जारी गरेको छ । बीबीसी विश्वको सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार प्रसारक हो, निष्पक्ष समाचार माध्यमलाई प्रसारणमा रोक लगाउने कदमप्रति हामी निराश छौँ विज्ञप्तिमा उल्लेख छ ।

यसले त्यहाँका रिपोर्टहरूमा के असर पार्छ भन्ने कुरा खुलेको छैन । ट्रम्प प्रशासनसँग विवाद भइरहेका बेला गत वर्ष चीनको कम्युनिस्ट सरकारले वासिङ्टन पोस्ट, वालस्ट्रिट जर्नल र न्युर्योक टाइम्सका रिपोर्टहरूलाई निष्कासन गरेको थियो ।

बेलायती विदेश सचिव डोमिनिक राबले यो कदम अस्वीकार्य भएको बताएका छन् । चीनमा मिडिया सरकारको नियन्त्रणमा रहेको छ ।



नयाँ