- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले दुई भारतीय आरोहीहरूलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ ।
सन् २०१६ मा सगरमाथा आरोहण गरेको भनी नक्कली विवरण पेस गरेका दुई भारतीय नागरिकलाई नेपाल सरकारले ६ वर्षसम्म हिमाल आरोहणमा प्रतिबन्ध लगाएको हो ।
उनीहरूले झुटो विवरण पेस गरेर सगरमाथा आरोहणको प्रमाणपत्र लिएका थिए । उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।
भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथा आरोहण गरेको भन्दै झुटो विवरण पेस गरेको पाइएको छ ।
दुवै जनालाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम सन् २०१६ को मे २० देखि लागु हुने गरी ६ वर्षसम्म आरोहणमा प्रतिबन्ध लगाइएको हो ।
त्यस्तै मन्त्रालयले, आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई पनि सोही मितिदेखि लागु हुने गरी ६ सम्म आरोहण प्रतिबन्ध लगाएको छ ।
पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने सेभेल सम्मिट ट्रेक प्राइभेट लिमिटेडलाई ५० हजार नेपाली रुपैयाँ जरिवाना, सम्पर्क अधिकारीका रूपमा खटिएका पवनकुमार घिमिरेलाई चेतावनी दिने र क्लाईम्बिङ सहयोगी शेर्पा ङा दावा शेर्पालाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।