arrow

ब्रजिलमा भेटिएको कोरोनाको नयाँ स्वरूप तीन गुणा बढी खतरनाक

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
corona_vairous.jpg

काठमाडौँ । ब्राजिलमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूप तीन गुणा बढी सङ्क्रामक देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेजन जङ्गल नजिकको मानौस सहरमा भेटिएको नयाँ स्वरूप प्राथमिक अध्ययनबाट तीन गुणा बढी सङ्क्रामक देखिए पनि यस विरुद्ध खोप प्रभावकारी देखिएको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्री एडुआड्रो पाजुएलोले कोरोना सङ्क्रमणको दोस्रो लहर चले पनि स्थिति नियन्त्रणतर्फ आउन लागेको बताएका छन् ।

उनले जुन सम्ममा खोप लगाइने समूहका आधा र यो वर्षको अन्त्यसम्म सबैलाई खोप लगाउने लक्ष्य रहेको बताएका छन् ।

कोरोना भाइरसका नयाँ स्वरूप बढ्दै गएका छन्  । दक्षिण अफ्रिकी, बेलायती र ब्राजिलीयन स्वरूप बढी सङ्क्रामक पनि देखिएको छ ।

नयाँ स्वरूपविरुद्ध खोपले काम गर्छ या गर्दैन भन्नेमा विज्ञहरू चिन्तित रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ