arrow

चिनियाँ बाँधका कारण मेकोंग नदीमा पानीको स्तर चिन्ताजनक, ७ करोड मानिस सङ्कटमा

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
mekong-river-map.jpg

काठमाडौँ । चिनियाँ हाइड्रो पावर बाँधका कारण मेकोंग नदीमा पानीको स्तर चिन्ता जनक स्थितिमा पुगेको छ ।

यस्तोमा शुक्रवार मेकोंग नदी आयोग (एमआरसी)ले बेइजिङलाई सम्पूर्ण जलीय तथ्याङ्क दिन आह्वान गरेको छ ।

चीनको युनान प्रान्तमा रहेको जिंगहोंग ड्यामका कारण थाई(लाओसको सीमा क्षेत्रमा नदीको  पानीको स्थिति चिन्ताजनक बनेको बहुराष्ट्रिय आयोग एमआरसीले भनेको छ ।

वर्षाको अभाव र चिनियाँ बाँधका कारण पानीको स्तरमा गिरावट आएको बताइएको छ ।

चिनियाँ बाँधका कारण नदीमा कहिले ह्वात्तै पानी बढ्ने गरेको समेत आयोगले जनाएको छ ।

यसले माछा, कृषि, सिचाई एवं जलीय यातायातमा समेत प्रभाव पारेको छ ।

भियतनाम, म्यानमार, थाइल्यान्ड, लाओस् र कम्बोडियाका झन्डै ७ करोड मानिस यो नदीमा आश्रित छन् ।

चीनले यसरी पानी छोड्दा र रोक्दा तल्लो क्षेत्रमा हुनसक्ने जोखिमबाट बच्न चीनलाई यसबारे अग्रिम जानकारी दिन आयोगले आह्वान गरेको छ । चीनले गत वर्ष नै पानीको वहावबारे जानकारी उपलब्ध गराउने बताएको थियो ।

यो ड्यामका कारण पाँच देशका करोडौँ नागरिकहरू पानी एवं खाद्य सुरक्षाका लागि पूर्ण रूपमा चीनको नियन्त्रणमा फसेका छन् ।



लोकप्रिय समाचार
नयाँ