arrow

ब्रजिलमा एकै दिनमा तेह्र सय बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
corona-brazil2.jpg

साओ पाउलो ।  ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रवार जानकारी दिएको छ ।  

सो अवधिमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभए यता हालसम्म २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रवार जानकारी दिएको छ ।  कोरोना भाइरसबाट  विश्व भरी १० करोड ८३ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यसको सङ्क्रमणको कारण  विश्व भरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

 सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।



लोकप्रिय समाचार
नयाँ