- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वासिङ्टन डिसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकङनले सिन्जियाङमा मुस्लिम अल्पसङ्ख्यक उइगरमाथि चिनियाँ सरकारले दमन नरोकिएको बताएका छन्। सिन्जियाङमा मुस्लिम अल्पसङ्ख्यक उइगर समुदायमाथि चीन सरकारले दमन र जातीय सफाइको अपराध नरोकेको विदेशमन्त्री ब्लिंङकनको भनाई छ।
दश लाख भन्दा बढी उइगर समुदायलाई श्रम शिविरमा बन्दी बनाएर चीनले मानवता विरोधी क्रियाकलाप गरिरहेको उनले टिप्पणी गरे। अमेरिका र चीनको सम्बन्ध प्रतिस्पर्धात्मक र सहकार्य दुवै किसिमको रहेको र दुई देशबिचको सम्बन्धले विश्वमा नै महत्त्वपूर्ण प्रभाव पार्ने उनले बताए। दुई देशबिच विभिन्न पक्षमा मतभिन्नता भए पनि अमेरिकाले जलवायु परिवर्तनको विषयमा चीनसँग सहकार्य गर्न चाहेको ब्लिङकनले बताए।
यसअघि अमेरिकी विदेश मन्त्रालयले चीनमा अल्पसङ्ख्यक उइगर जातिमाथिको सरकारी दमनबारे अमेरिकाले समीक्षा गर्ने बताएको थियो। अन्तर्राष्ट्रिय मानवअधिकार बादी सङ्गठनहरू र अमेरिकाले सिन्जियानमा सरकारले मुस्लिम अल्पसङ्ख्यक उइगर विरुद्ध जातीय सफाइ गरिरहेको टिप्पणी गर्दै आएका छन्।