arrow

बेलायतका यहुदी समुदायले गरे चीन सरकारको विरोध

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १ शनिबार
uyghur-committee.jpg

लन्डन। बेलायतको यहुदी समुदायले चीनमा अल्पसङ्ख्यकमाथि भइरहेको सरकारी दमनको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय होलोकाष्ट स्मरण दिवसमा बेलायतस्थित यहुदी समुदायका अभियन्ताहरूले चीनमा उइगरसहित अन्य अल्पसङ्ख्यकमाथि सरकारी दमनको आलोचना गरेका हुन्।

सिन्जियाङमा उइगर जाति सहित विभिन्न अल्पसङ्ख्यकमाथि चीनको दमनले अर्को ऐतिहासिक अमानवीय घटना निम्त्याउन सक्ने उनीहरूले चेतावनी दिएका छन्। लाखौँ यहुदीहरूको नरसंहार भएको दोस्रो विश्वयुद्ध पछि अर्को नरसंहार हुन सक्ने उनीहरूको भनाई छ।

उइगरहरुको संस्कृति र अस्तित्व पूर्ण रूपमा मेटाउन चीन सरकार लागिरहेको यहुदी मानवअधिकार संस्था रेने कसिनका कार्यकारी निर्देशक मिया हासेनसन ग्रसले टिप्पणी गरेका छन्।

मुस्लिम अल्पसङ्ख्यक उइगर जातीलाई श्रमशिविरमा बन्दी बनाई श्रमशोषण गर्ने, हरेक गतिविधिमाथि कडा निगरानी राख्ने र मानसिक शारीरिक यातना दिँदै दमन गरेको अन्तर्राष्ट्रिय मानवअधिकार बादी निकायहरूले चीन सरकारको आलोचना गर्दै आएका छन्।



लोकप्रिय समाचार
नयाँ