arrow

भारत र बङ्गलादेश ५० औँ कूटनीतिक वर्षगाँठ मनाउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १ शनिबार
india-bangladesh1.jpg

नयाँ दिल्ली। भारतले बङ्गलादेशसँगको द्विपक्षीय सम्बन्ध २०२१ मा ऐतिहासिक मोडमा पुगेकोमा सन्तोष जनाउँदै सम्बन्ध थप प्रगाढ बनाउन जोड दिएको छ। पूर्वी र पश्चिम पाकिस्तानबिच १९७१ को लिब्रेसन वार पछि भारतले बङ्गलादेशलाई पहिलो पटक नयाँ देशको रूपमा मान्यता दिएको थियो। त्यससँगै कूटनीतिक सम्बन्ध स्थापना गरेका यी दुई देशले ५० औँ वर्षगाँठ मनाइरहेका छन्।

सन् १९७१ को युद्धले बङ्गलादेशलाई छुट्टै मुलुकको रूपमा परिचित गराएको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भर्चुअल ब्रिफिङमा बोल्दै भने, “भारत र बङ्गलादेशले यस वर्ष ५० औँ कूटनीतिक सम्बन्धको वर्षगाँठ मनाइरहेको छ। बङ्गलादेशको त्रिपक्षीय सेवा टोली भारत भ्रमण गर्दैछ। गणतन्त्र दिवसको परेडमा भाग लिन बङ्गलादेश सरकारलाई आमन्त्रित गरेका थियौँ।"

"यो हाम्रो सम्बन्धको प्रमाण हो, जुन धोका हामीले पाएका छौँ र बलिदान हामीले गरेका छौँ। अब यो वर्ष २०२१ हाम्रो द्विपक्षीय सम्बन्धमा पनि ऐतिहासिक हुनेछ किनकि हामी पनि लिब्रेसन वारको ५० औँ वर्ष मनाइरहेका छौँ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ