arrow

७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सय बढी घाइते

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
japan-earthquake1.jpg

काठमाडौं । जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । शनिबार राति गएको भूकम्पको झड्का जापानभर महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रबिन्दू जापानको उत्तरपूर्वी फुकुशिमाको नामी शहरमा रहेको बताइएको छ । केन्द्रबिन्दू रहेको क्षेत्र राजधानी टोकियोबाट करिब ३०६ किलोमिटर टाढा हो । यो जमीनदेखि ६० मिटर गहिराईमा गएको हो । 

भूकम्पको असर पनि सबैभन्दा बढी फुकशिमा र मियामीमा रहेको बताइएको छ । 

फुकुशिमामा आणविक केन्द्र रहेकामा अहिलेसम्म त्यहाँ कुनै क्षति नभएको जनाइएको छ । विज्ञ टिम उक्त प्लान्ट निरीक्षण गर्न गएको समाचारमा जनाइएको छ । 

क्योदो समाचार एजेन्सीका अनुसार भूकम्पका कारण कम्तीमा सय जना मानिस घाइते भएका छन् । जापानी प्रधानमन्त्रीले सय बढी घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन् । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ