arrow

निर्दोष साबित भएपछि ट्रम्पले भने- 'यो सुरुवात मात्रै हो'

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
Donald-trump-final.jpg

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग असफल भएको छ ।  पूर्व राष्ट्रपति ट्रम्पले यो कदमको स्वागत गर्दै अमेरिकालाई महान् बनाउन सुरु मात्रै भएको बताएका छन् ।

यसबाहेक ट्रम्पले महाभियोग लगाउने कदम अमेरिकाको 'इतिहासमा अर्को ठुलो बोक्सी सिकार भएको' टिप्पणी समेत गरेका छन् ।

'अमेरिकालाई महान् बनाउने हाम्रो ऐतिहासिक, देशभक्ति र सुन्दर आन्दोलन भर्खर सुरु मात्रै भएको छ,' ट्रम्पले भनेका छन् ।

'अमेरिकी महानता हासिल गर्न अझै यात्री जारी रहेको र आगामी महिना यी कुरा सार्वजनिक गर्दै जाने', ट्रम्पले भनेका छन् ।

गत जनवरी ६ मा अमेरिकी संसद् भवनमा दङा भड्काएको आरोपमा ट्रम्पमाथि डेमोक्रेटहरुले महाभियोगको प्रस्ताव अघि सारेका थिए ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टबाट यो प्रस्ताव पारित भएको थियो । तर, १०० सिनेटर रहेको माथिल्लो सदन सिनेटबाट यो प्रस्ताव अस्वीकृत भएको हो ।

ट्रम्प दोषी रहेकोमा ५७ र निर्दोष रहेकोमा ४३ सिनेटरहरूले मत गरेका हुन् । ट्रम्पलाई दोषी साबित गराउन ६७ मत चाहिन्थ्यो ।

अमेरिकी सिनेटमा ५० डेमोक्रेट र ५० रिपब्लिकन सिनेटरहरू रहेका छन् । ५० राज्य रहेको अमेरिकाको प्रत्येक राज्यबाट २ सिनेटर छानिन्छन् ।

ट्रम्पविरुद्ध भोट हाल्ने ७ रिपब्लिकन सिनेटरहरू : उत्तरी क्यारोलिनाका रिचर्ड बुर, लुइसियानाका बिल कासिडि, माइनका सुसान कोलिन्स, आलास्काकी लिसा मुर्कोव्स्की, युटाकाकी मिट रोम्नी, नेब्रासकाका बेन सासे र पेन्सिलभेनियाका पैट्रिक टुमे हुन् ।



लोकप्रिय समाचार
नयाँ