arrow

आफ्नै निवासमा अफगान रक्षामन्त्रीका चालक र छोराको हत्या

logo
एएनआई,
प्रकाशित २०७७ फागुन २ आइतबार
dead2.jpg

काबुल ।  अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।

घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।

लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।  



लोकप्रिय समाचार
नयाँ