arrow

कोरियामा अझ बढ्न थाले सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन ३ सोमबार
corona-south-korea-2020.jpg

सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरू पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरूले यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको बताएका छन् ।  प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घण्टामा देखिएको यो सङ्ख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।

योसँगै यहाँका सङ्क्रमितहरूको सङ्ख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सय जना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरूमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा सङ्क्रमण भएको देखिएको छ ।

पछिल्लो २४ घण्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या १ हजार ५२७ जना पुगेको बताइएको छ । सुरुमा यहाँका सङ्क्रमितहरू बढी जसो चर्चमा गएका व्यक्तिहरूबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरूमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रूपमा भाइरसका सङ्क्रमितहरू बढेका बताइएको छ ।

यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरू थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरूको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको हो ।

दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण सङ्क्रमितहरू मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ