arrow

एलजीका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर मेसिन बजारमा

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
washer-drier.jpg

काठमाडौं । एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ मेसिनका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर मेसिन नेपाली बजारमा आएका छन् । 

जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ ।

यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने दाबी एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्रालिको रहेको छ ।   

साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिने जनाइएको छ । 

कम्पनीका अनुसार यसमा विशेषताहरु निम्न छन्–
१. एआईडीडी– यसले कपडाको किसिम, तौल साथ–साथै कोमलता पत्ता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउँछ ।

२. इकोहाइब्रिड टेक्नोलोजी एडभान्स एयर ड्राइङ टेक्नोलोजीले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ । यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उत्तिकै हेरचाह गर्दछ ।
३. स्टिम टेक्नोलोजी– वाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ ५ सम्म कितानु रहित बनाउँदछ ।  
४. टर्बोवास ३६० डिग्री – यस टेक्नोलोजीले कपडालाई ३९ मिनेटमा धुन्छ जसले तपाईको पानी, बिजुली र समयको बचत गर्दछ । 
५. थिनक्यू– आइओटी एपको माध्यमबाट यस मेसिनलाई वाइफाइको मद्धतले जताबाट पनि चलाउन सकिन्छ । 
६, यस मेसिनमा १० वर्षको वारेन्टी रहेको छ । जसले तपाई बर्षौसम्म ढुक्क बस्न सक्नुहुनेछ ।
 



नयाँ