arrow

दक्षिण पूर्व एसियाको रोजाइमा चीनभन्दा अमेरिका

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
south-asia.jpg

काठमाडौँ । पछिल्ला केही वर्षयता दक्षिण पूर्वमा अमेरिकी र चिनियाँ प्रभाव प्रतिस्पर्धामा रहँदै आएको छ । यस्तोमा सिंगापुर स्थित एसियाली अध्याय केन्द्र युशुफ इसाक संस्थानले गरेको सर्वेक्षणले दक्षिण पूर्वले चीन र अमेरिकामध्ये एक रोज्नु परे अमेरिका छान्ने गरेको पाइएको छ ।

संस्थानले दश मुलुक रहेको दक्षिण पूर्व एसियाका राष्ट्रहरूको सङ्गठन (एसियन)का सबै मुलुकबाट १ हजार जना सरकारी कर्मचारी, उद्योग व्यवसायी एवं सर्वसाधरणहरुमाथि सर्वेक्षण गरेको थियो ।

सर्वेक्षण अनुसार ६१.५ प्रतिशतले अमेरिका छानेका हुन् । गत वर्षको सोही अवधिमा ५३.६ प्रतिशतले मात्रै अमेरिका रोजेका थिए ।

सन् २०२० को नोबेम्बरदेखि सन् २०२१ को जनवरीसम्ममा गरिएको यो सर्वेक्षणले जो बाइडेन राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिका रोज्नेको सङ्ख्या बढेको सर्वेक्षकहरूले बताएका छन् । सर्वेक्षणको अवधिमा बाइडेन ह्वाइट हाउस नछिरे पनि राष्ट्रपति बन्ने निश्चित देखिएको थियो ।

करिब ६५ करोड जनसङ्ख्या रहेको विकासशील दक्षिण पूर्व एसिया व्यापारिक दृष्टिकोणले तानिएको छ । दक्षिण चीन सागरसँगको निकटताका कारण पनि यो क्षेत्र महत्त्वपूर्ण छ ।

वर्षौँदेखि यो क्षेत्रमा अमेरिकाको राम्रो प्रभाव रहिआएको थियो । तर,सन् २०१७ मा डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण पूर्व एसियासँग सहकार्य गर्ने ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट हात झिकेसँगै सम्बन्ध कमजोर हुँदै गएको थियो ।

यसबिचमा चीनले आफ्नो प्रभुत्व बढाउन दक्षिण पूर्वमा बेल्ट एन्ड रोड (बीआरआई) परियोजना तीव्र बनाएको छ । तर, यो सर्वेक्षणबाट यस क्षेत्रका मानिसहरू बाइडेन प्रशासनले पुन अमेरिकी सम्बन्धलाई बढुवा दिने अपेक्षा गरेको देखिएको छ ।



लोकप्रिय समाचार
नयाँ