arrow

धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
mbl-qrcode-dhangadi.jpg

काठमाडौँ। डिजिटल बैङ्किङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्क लिले सुदूरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। मङ्गलवार बिहान नेपाल राष्ट्र बैङ्कका निर्देशक सुवास चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोडमार्फत भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन्।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका निर्देशक सुभाष चन्द्र घिमिरेले काठमाडौँ बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैङ्कले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका नायव महाप्रबन्धक सर्जु कुमार थापाले माछापुच्छ्रे बैङ्क देशका हरेक तह र तप्कामा परिष्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका निर्देशक सुभाष चन्द्र घिमिरेले गोलभेँडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको सुरु गरेका थिए। सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा सुरु भइसकेको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ