arrow

ओलीलाई लिङ्देनको चेतावनी- 'हामी छोड्ने वाला छैनौँ'

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
kumar-lingden1.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई उचित सम्बोधन नगरे आफूहरू चुप लागेर नबस्ने  सङ्घीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले बताएका छन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र गौरदहमा मञ्चले बुधवार विरोधको एक कार्यक्रम गर्दै अध्यक्ष लिङ्देनले  आफूहरूले नछोड्ने बताए।

चिनियाँ लगानीमा बन्दै गरेको पार्क पीडितलाई उचित सम्बोधन हुनुपर्ने माग  सङ्घीय लिम्बुवान मञ्च नेपालले शुरुदेखिनै उठाउँदै आएको छ । दमकमा निर्माणाधीन पार्कका पीडितलाई उचित सम्बोधन गर्नुपर्ने र उनीहरूको रोजगारको प्रत्याभूति गर्नुपर्ने माग राख्दै मञ्च सङ्घर्षमा उत्रिएको हो ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले भने,'दमकको क्लिन पार्कको विषयमा आदिबासिहरुलाई बाइपास गरे हामी चुप लाग्ने वाला छैनौँ, हामी छोड्ने वाला छैनौँ । ' १६ गते क्लिन पार्कको सिलान्यस गर्न प्रधानमन्त्री ओली झापा जाने भएपछि बुधवार विरोध स्वरूप सो कार्यक्रम गरिएको हो ।

सङ्घर्षकै क्रममा मञ्चले  बुधवार झापाकी  गौरादह बजारमा विशाल जनप्रदर्शन गरेको छ । सोही कार्यको सुनुवाइको माग राखी बुधवार लिम्बुवान मञ्चले गौरा दहमा विशाल सभा गर्दै आफ्नो शक्ति प्रदर्शन समेत गरेको छ । 

झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौँ विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पीडित बनाएपछि अहिले स्थानीय पीडितहरू आफ्नो माग राख्दै अघि सर्न थालेका छन्।

स्थानीयहरूले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढङ्गले पीडितहरूको मुआब्जा वितरण गर्न माग गरेको छ ।

https://www.facebook.com/watch/?v=779084226052427



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ