arrow

महिला ट्रेकिङ उद्यमीहरूलाई प्रभु बैङ्कद्वारा सहुलियतपूर्ण कर्जा प्रदान

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
prabhu-idea-loan-.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ।

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैङ्कले जानकारी दिएको छ।

कोभिड–१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट विमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीहरूलाई ट्रेकिङको लागी चाहिने बन्दोबस्तका समानहरूको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैङ्कले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ