arrow

भारतमा पहिलो पटक महिलालाई फाँसी 

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
death-penalty.jpg

काठमाडौं । भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ । दोषी महिलालाई उत्तर प्रदेशको मथुराको महिला जेलमा बनेको फाँसी घरमा उनलाई मृत्यु दण्ड दिइने छ । 

फाँसी कहिले दिइने भन्ने मिति तय भइनसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म फाँसी घरको मर्मत नै भएको छैन । 

मर्मत र झुण्ड्याउने डोरीको अर्डर समेत गर्न दिइएको बताइएको छ । 

१३ वर्ष पहिले अमरोहाकी शबनमले प्रेमीसँग मिलेर परिवारका सात जनालाई काटेर हत्या गरेकी थिइन् । 

गत १५ फेब्रुअरीमा दिइएको याचिका भने राष्ट्रपतिले खारेज गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ