arrow

भियतनामले सीमा नजिकैको चिनियाँ मिसाइल बेसको अनुसन्धान गर्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन ६ बिहिबार
vietnam-flag.jpg

भियतनाम। चीनले भियतनामको सिमानाबाट करिब २० किलोमिटर टाढा सतहबाट हावामा मिसाइल प्रहार गर्न सक्ने बेस स्थापना गरेपछि भियतनाम आक्रोशित बनेको छ। भियतनामले उक्त बेस क्याम्पको अनुसन्धान कार्य अघि बढाएको र त्यहाँको गतिविधिमा निगरानी बढाउने भियतनामको विदेश मन्त्रालयले बताएको छ।

"हामी सूचनाहरू प्रमाणित गर्नेछौँ," विदेश मन्त्रालयका प्रवक्ता ले थे थू हआङले एक पत्रकार सम्मेलनमा भियतनाम नजिकै चीनले मिसाइल अड्डा स्थापना गरेको बारेमा सोधिएको प्रश्नको जवाफमा बताएका दिए।

दक्षिण चीन सागरका मुद्दाहरूको राम्रोसँग बुझ्न र अध्ययनलाई बढवा दिन खोज्ने गैरसरकारी संस्था, साउथ चाइना सी न्युजको ट्विटर अकाउन्टले हालसालै एक स्याटलाइट तस्बिर पोस्ट गर्दै सतहदेखि हावामा मिसाइलहरूको प्रहार गर्न सक्ने बेस स्थापना भएको देखाएको थियो। उक्त बेसको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ। सो बेसक्याम्प चीनको गुआंग्सी प्रान्तको, भियतनाम सिमानाबाट करिब २० किलोमिटर टाढाको दूरीमा छ।

उक्त दूरीमा नै चीनले मिसाइल बेस बनाउँदै गरेको हो। अन्तर्राष्ट्रिय सीमा सम्बन्धी कानुन अनुसार कुनै पनि मुलुकले अर्को मुलुकमा क्षति पुग्ने र त्रास उत्पन्न हुने गरी कुनै पनि क्रियाकलाप गर्न नहुने उल्लेख छ।

सार्वजनिक भएका तस्बिरहरूमा सैन्य रनवेमा राडारहरू र कम्तीमा छ वटा प्रक्षेपणकर्ताहरूको उपस्थिति देखाएको थियो। स्याटलाइट डाटाले पत्ता लगाए अनुसार जुन २०१९ देखि निर्माण गरिएको पाइएको छ।

अर्को हेलिकप्टर बेस हुनसक्ने अर्को संरचना पनि भियतनाम सीमाबाट करिब ६० किलोमिटर टाढा निर्माण भइरहेको बताइएको छ।



लोकप्रिय समाचार
नयाँ