arrow

'आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाए'

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
vaccine-chinese.jpg

बेइजिङ् । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् ।

प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिए । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेनन् ।

सञ्चार माध्यमहरुमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनहरुले प्रयोग गर्नु भएको उल्लेख गरिएको उनले बताए । खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ ।

उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए ।  चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उनले बताए ।  

कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उनले पत्रकारहरूलाई जानकारी दिए ।  कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताए ।

खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ