arrow

प्रभु बैङ्कद्वारा भानुभक्त माध्यमिक विद्यालय सिन्धुलीलाई कम्प्युटर हस्तान्तरण

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
prabhu-sinduli-csr.jpg

सिन्धुली। प्रभु बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यान उपलब्ध गराएको छ। फागुन ४ गतेका दिन भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा  प्रतिनिधिसभा सदस्य शशि श्रेष्ठ र लीलामणि पोखरेलको विशेष उपस्थिति रहेको थियो। त्यसै गरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

प्रभु बैङ्कद्वारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैङ्कले आगामी दिनहरूमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैङ्क प्रतिबद्ध रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ