arrow

टेक्ससमा लोडसेडिङ भएपछि रिसाए बिल गेट्स

logo
एएनआई,
प्रकाशित २०७७ फागुन ९ आइतबार
bill-gates.jpg

वाशिङ्गटन ।  माइक्रोसफ्टका सह-संस्थापक र परोपकारी बिल गेट्सले टेक्ससमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् ।

अमेरिकी राज्य टेक्ससको अत्यधिक चिसो मौसममा ऊर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताएका हुन् । विद्यूत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दाबी रहेको छ ।

घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने उर्जाशक्तिबाट वञ्चित भएका कारण खास गरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका उनको दाबी छ ।

उनले शनिवार साँझ सीएनएनसँगको कुराकानीमा भने, “खास गरी मौसम अनुकूल नबनाइएको यो प्राकृतिक ग्यास प्लान्टको क्षमताबारे सोच्नु पर्थ्यो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।”

उनले थपे, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेटोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिम र टेक्सस क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।”

टेक्ससलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यहरूमा बिरामीहरू बढेका छन् भने विद्यूतको आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो रहेको छ ।



लोकप्रिय समाचार
नयाँ