arrow

भन्सारबाट १० लाख भारुसहित एक जना पक्राउ

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ फागुन १० सोमबार
crime.jpg.jpeg

नेपालगन्ज । नेपालगन्जबाट दश लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले  भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खानलाई आइतबार दिउँसो  ३ बजेर ४० मिनेटमा पक्राउ गरेको हाम्राकुरालाई बिशेष श्रोतले जानकारी दिएको छ।

पक्राउ परेका खानलाई दश लाख भारतीय रुपैयाँसहित आवश्यक अनुसन्धानका सोमबार राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने तयारी भइरहेको छ। 

हाल खान र उक्त बरामद रुपैयाँ जिल्ला प्रहरी कार्यालयमै राखिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ