arrow

मुस्किलमा इमरान सरकार 

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
imran-khan-PM.jpg

काठमाडौं । पाकिस्तानमा इमरान खान सरकार मुस्किलमा परेको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टबाट बाहिर निस्कने सम्भावना कमजोर भएपछि इमरान सरकार मुस्किलमा परेको हो । 

केही युरोपेली देशका अनुसार इमरान सरकारले आतंकवादको विरुद्धमा कुनै पनि कार्वाही पूरा नगरेकाले पाकिस्तान ग्रे लिष्टबाट बाहिरिने सम्भावना छैन । 

सोमबारदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुन थालेको भर्चुअल मिटिङमा पाकिस्तानसहित कयौं देशलाई ग्रे लिष्टबाट बाहिर गर्ने वा उनीहरुलाई ब्ल्याक लिष्टमा राख्ने बारेमा फैसला हुन सक्नेछ । 

बैठक २५ तारिखसम्म हुन सक्नेछ । पाकिस्तानी अखबार डनका अनुसार एफएटीएफको पूर्र्ण सेसन २२ देखि २५ तारिखसम्म हुनेछ । गत वर्षको अक्टुबरमा भएको मिटिङमा पाकिस्तानलाई यही फेब्रुअरीसम्म ग्रे लिष्टमा राख्ने फैसला भएको थियो । 

रिपोर्टअनुसार पाकिस्तान सरकारले अझै पनि आतंकवादी संगठनलाई आर्थिक सहयोग गरिरहेको छ । त्यस्तै खुलेआम काम गर्न दिइरहेको छ । जेयूडी र जेश जस्ता आपराधिक संंगठनमाथि कुनै कार्वाही चलाएको छैन । 

पाकिस्तान तीन वर्षअघि ने ग्रे लिष्टमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ