arrow

भारतका तीन राज्यमा कोरोनाको नयाँ स्ट्रेन, बढे संक्रमित

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
india-maharastra.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित फेरि बढेका छन् । कोरोनाका संक्रमित कम हुँदा मानिस बेपर्बाह बनेसँगै फेरि संक्रमण बढेको हो । त्यसैगरी भारतमा तीन राज्यमा कोरोनाको नयाँ स्ट्रेन देखिएको छ । 

महाराष्ट्र, केरल र पंजाबमा कोरोनाको नयाँ स्ट्रेन फैलिएको हो । दिल्लीस्थित एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले ब्रजिलको उदाहरण दिँदै सुरक्षा प्रवन्ध अपनाउन आग्रह गरेका हुन् । 

ब्रजिलमा ७० प्रतिशत मानिस कोरोनाबाट निको भएकामा अहिले फेरि उनीहरुमा उक्त संक्रमण फैलिएको छ । उनका अनुसार संक्रमित भएपछि निको हुनेमा बनेको एन्टीबडी शक्तिशाली नभएकाले यो घटना दोहोरिएको हो । 

भारतमा आइतबार १३ हजार ९७९ जना संक्रमित थपिँदा ९ हजार ४७६ जना संक्रमितलाई निको भएको छ । ७९ जनाको ज्यान गएको छ ।   

हाल भारतमा १ लाख ४७ हजार १०० सक्रिय संक्रमित छन् । 

अहिलेसम्म १ करोड १० लाख ५ हजार ७१ जना संक्रमित भएका छन् । १ करोड ६ लाख ९७ हजार १४ लाई निको भएको छ । १ लाख ५६ हजार ४१८ को ज्यान गएको छ ।

सबैभन्दा प्रभावित महाराष्ट्रमा २१ लाख ८८४ संक्रमित भएका छन् भने ५१ हजार ७८८ जनाको ज्यान गएको छ । हाल ५२ हजार ९५६ जना संक्रमित छन् । 

दोस्रो स्थानको केरलमा १० लाख ३४ हजार ६५८ जना संक्रमित हुँदा ४ हजार ९० जनाको ज्यान गएको छ । हाल ५८ हजार ३१६ जना सक्रिय संक्रमित छन् । 

तेस्रो स्थानको कर्नाटकमा ९ लाख ४८ हजार १४९ जना संक्रमित हुँदा १२ हजार २९४ जनाको ज्यान गएको छ । नेपालसँग जोडिएको बिहार राज्यमा २ लाख ६२ हजार १६० जना संक्रमित हुँदा १ हजार ५३५ जनाको ज्यान गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ