arrow

उड्नासाथ मेक्सिकोमा विमान खस्यो, छानबिन सुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन १० सोमबार
ukraine-fighter-jet-crash.jpg

मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ ।

सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ