arrow

प्रभु बैङ्कको जुम्ला शाखा कार्यालय सञ्चालनमा

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
prabhu-bank-jumla.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन १० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा २१३ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ।

बैङ्कको जुम्लामा शाखा कार्यालयको  उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिकी मेयर कान्तिका सेजुवालले प्रभु बैङ्कले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन्।
यसै गरी, प्रभुको अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको र समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैङ्कलाई सफलताको शुभकामना व्यक्त गरिन्।

बैङ्कको जुम्ला शाखा कार्यालयबाट प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले प्रभु बैङ्कको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन्। र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नेछ।

साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा जुम्ला शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ