arrow

फूलमाला सहित विवेकशील माइतीघरमा

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
bibekshil7.jpg

काठमाडौँ । विवेकशील पार्टीले फूलमाला सहित प्रदर्शन गरेको छ।  अधिनायकवाद विरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको  पार्टीले ३७ औँ प्रदर्शनमा सोमबार फूलमाला सहित प्रदर्शन गरेको हो।

नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका मालाका स्वरूपमा रहेका नेपालीहरूमा  निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको पछिल्लो कदमले संविधानमा अधिनायकवादको बुट बजारेको प्रस्टै छ ।

नागरिकहरूको लामो समयदेखिको चाहना र ठुलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरूमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताए।

विवेकशील पार्टीमा अधिनायकवाद विरुद्ध हरेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ