arrow

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैङ्कको क्युआर कोर्ड सेवा

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
mbl-dharan-qrcode.jpg

काठमाडौँ। डिजिटल बैङ्किङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्क लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा सञ्चालनमा ल्याएको छ।

धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टा-छुट्टै क्युआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैङ्कका उप निर्देशक सत्यचन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्युआर कोर्ड सेवाको सुरुवात गरेका हुन्।

उक्त क्युआर कोर्ड सेवा सुरु भयसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यक्रममा तिमिल्सिनाले नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवैको बचत हुने बताए।

कार्यक्रममा माछापुच्छ्रे  बैङ्क सञ्चालक समितिका पदाधिकारीहरू, नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरू तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल  बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ।

साथै, अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ