arrow

नेता जनार्दन शर्माको प्रतिक्रिया : न्यायालयलाई जनताको सलाम

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
janardan_sharma1.jpg

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल समूह)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार साँझ सामाजिक संजालमा उनले लेखेका छन् –‘नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रती जनताको बिश्वासलाई नयाँ उचाइमा उठाएको छ । न्यायालयलाई जनताको सलाम छ ।’

शर्माले यसअघि केपी ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले अदालतले पुनःस्थापन गर्ने प्रतिक्रिया दिंदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ