arrow

संसद् विघटन बदर गर्ने सर्वोच्चको यस्तो छ फैसला (पूर्ण पाठ)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Supreme-Court-judges.jpg

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो।

फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए । गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस सुरु भई यही फागुन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो।

यस्तो छ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने निर्णयको पूर्ण पाठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ