arrow

गोकुल बाँस्कोटाको प्रतिक्रिया: ‘के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो’

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
gokul-baskota1.JPG

काठमाडौं । नेकपा ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पुनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भनेका छन् ।

बाँस्कोटाले मंगलबार साँझ सामाजिक संजालमा लेखेका छन्– ‘राजनीतिले संसदमा असर गरेको हो, संबिधानले होईन। त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि। राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा लागेका बाँस्कोटाले सोमबार मात्र प्रतिनिधि सभा पुनःस्थापना हुनै नसक्ने बताएका थिए ।

उनले ‘संसद पुनःस्थापना हुँदैन चुनावपछि नयाँ संसद बन्छ। साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ। किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन्,’ भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ