arrow

कमल थापा भन्छन्:  अब सांसद किनबेच र अपवित्र गठबन्धन शुरु हुन्छ 

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
kamal-thapa6.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त भएको प्रतिक्रिया दिएका छन् ।

विद्यमान संकटको समाधान निर्वाचन नै भएको प्रतिक्रिया दिंदै आएका थापाले मंगलबार साँझ सामाजिक संजालमार्फत प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच शुरु हुने पनि बताएका छन् ।

उनले लेखेका छन्- ‘विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त भएको छ। तर, प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच,अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने संभावना बढेको छ। यो फैसलाले प्रजातान्त्रिक मूल्य, मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।’

अध्यक्ष थापाले संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताउँदै आएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ