arrow

विश्वकै सबैभन्दा ठुलो क्रिकेट स्टेडियम मोदीको नाममा

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
modi-stadum.png

काठमाडौँ । भारतको अहमदाबादमा बनेको विश्वकै सबैभन्दा ठुलो मोटेरा क्रिकेट स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम राखिएको छ ।

सरदार पटेल स्टेडियम समेत भनिने यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम राखिएको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ लाख १० हजार सिट क्षमता भएको यो क्रिकेट स्टेडियमको उद्घाटन बुधवार भारतीय राष्ट्रपति राम नाथ कोविंदले गरेका हुन् ।

भारत र इङल्याण्डबीचको खेल सुरु हुनुअघि भएको उद्घाटन समारोहमा भारतीय गृहमन्त्री अमित शाह एवं बीसीसीआईका सचिव जय शाहलगायतको उपस्थिति रहेको थियो ।

यसअघि ९० हजार सिट क्षमता रहेको मेलबर्न क्रिकेट स्टेडियम विश्वकै सबैभन्दा ठुलो रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ