arrow

महासङ्घ र श्रम मन्त्रीबिच भेटवार्ता, सरकार निजी क्षेत्र मिलेर तालीम सञ्चालन गर्ने

श्रम मन्त्री चौधरीको प्रतिबद्धता

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
fncci-labour-minister.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सह सभापति भक्त बहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासङ्घका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीसँग मन्त्रालयमा भेटी सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

भेटका अवसरमा महासङ्घका तर्फबाट सीपमूलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरे पनि निजी क्षेत्रको माग अनुसार दक्ष एवं सीपयुक्त जनशक्ति पाउन कठिनाइ भइरहेको कुरा सो अवसरमा उठाइयो।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र सञ्चालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठुलो समस्या भएको र अर्कोतिर विना कुनै सीप कामका लागि बिदेसिने युवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमूलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकोले महासङ्घबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ