arrow

ईयूका सांसदद्वारा भारत-दक्षिण अफ्रिका कोभिड खोप पेटेन्ट प्रस्तावको समर्थन

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
corona-vaccine-covid1.jpg

ब्रसेल्स। युरोपियन संसद्का सदस्यहरूले भारत र दक्षिण अफ्रिकाले  संयुक्त रूपमा गरेको कोभिड-१९ खोपको बौद्धिक सम्पत्ति अधिकारको पेटेन्ट प्रस्तावलाई समर्थन गरेका छन्। युरोपियन युनियन नेतृत्वलाई बुधवार दिइएको पत्रमा युरोपेली संसद्का १४ सदस्यले कोभिड-१९ खोप पेटेन्ट निलम्बन स्थगित गर्न आग्रह गरेका छन्।

भारतीय सञ्चार संस्था एएनआईका अनुसार उक्त पत्रमा युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, आयोगका अध्यक्ष उर्सुला भोन डर लेन, उच्च प्रतिनिधि, जोसेफ बोर्रे, युरोपियन व्यापारका लागि आयुक्त वाल्डीस डोम्ब्रोभ्काइस र युरोपीयन स्वास्थ्य तथा खाद्य आयुक्तलाई सम्बोधन गरिएको थियो।

उक्त पत्र एन्ड्रिया कोजोलिनो, मारिया अरेना, ईवा काइली, एलेक्स अगियस सलिबा, बोगस्ला लिब्रेडज्की, टिमो वोल्केन, मिलान ब्रग्लेज, पेट्रिजिया तोइया, इरेने टिनाग्ली, पियर्स फ्रान्सको मेजिरिनो, पिना पिकेरानो, जिमिलियानोस रोबर्टीलगायतका सांसदहरूले पठाएका हुन्।

सांसदहरू ले भनेका छन्, "दक्षिण अफ्रिका र भारतले विश्वव्यापी सङ्गठनलाई पठाएको औषधि, खोप, निदान, व्यक्तिगत सुरक्षा उपकरण, र अन्य चिकित्सा प्रविधि सम्बन्धी पेटेन्ट र अन्य बौद्धिक सम्पत्ति अधिकारमा छुट पाउन अनुरोध गरिएको संयुक्त प्रस्ताव अझै पेन्टिङ रहेको छ।"

उनीहरूले थपे, "हामी युरोपियन युनियनलाई पेटेन्ट निलम्बन र टेक्नोलोजी, डाटा कसरी बाँडफाँड गर्ने, जेनेरिका निर्मातालाई विश्वव्यापी उपलब्धता वृद्धि गर्न योगदान पुर्‍याउन समर्थनसहितको समर्थन एवं मूल्याङ्कन गर्न आग्रह गर्दछौँ। जसका लागि समर्थनसहित विश्व व्यापार सङ्गठनमा भारत र दक्षिण अफ्रिकाको प्रस्ताव गरेको थियो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ