arrow

भारतले नामै नलिइ भन्यो – छिमेकीले आतंकवादलाई समर्थन गरेको छ 

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
un-security-council.jpg

काठमाडौं । भारतले एक पटक फेरि छिमेकी पाकिस्तानमाथि निशाना साँधेको छ । उसले पाकिस्तानको नामै नलिइ ‘एक छिमेकी देशले आतंकवादलाई समर्थन गरेको छ’ भनेको छ । भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) मा पाकिस्तानमाथि निशाना साँधेको हो । 

भारतीय प्रतिनिधि नागराज नायडूले पाकिस्तानको नामै नलिइ पाकिस्तानले भारतमा मात्र नभई विश्वभरमा आतंकवादीलाई मद्धत गरेको आरोप लगाएका हुन् । 

उनले पाकिस्तान सरकारकै आतंकवादलाई समर्थन रहेको समेत बताएका थिए । सुरक्षा परिषदको बैठकमा नागराजले भने, ‘भारत कयौं दशकदेखि प्रोक्सी वार र क्रस बोर्डर टेरोरिज्मको सामना गरिरहेको छ । त्यहाँको सरकार आतंकवादलाई खुलेआम समर्थन गर्छ ।’

आतंकवादीलाई तालिम, कोष सहयोग र खुफिया जानकारी तथा हतियार दिइने भन्दै नायडूले यसो गर्दा भारतमा हिंसा फैलाउन यसले सहयोग गरेको बताए । 

उनले यस्ता देशविरुद्ध मिलेर सामना गर्नुपर्ने बताएका छन् । 

हाल फ्रान्सको राजधानी पेरिसमा फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को मिटिङ भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ